arrow

प्रधानमन्त्री ओलीको दिन गन्ती सुरु भयो : खाँण

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
balkrishna_khad11.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको दिन गन्ती सुरु भएको बताएका छन् । सोमबार संसद् विघटनको विरोधमा भैरहवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै खाँणले नेपाली जनताले प्रधानमन्त्री ओलीको दिन गन्ती सुरु गरिसकेको बताए हुन् ।  

संविधानमाथि निरन्तर प्रहार गर्ने र जनताको जीवनप्रति असंवेदनशील व्यवहार देखाउँदै अघि बढेका कारण प्रधानमन्त्री र उनको सरकारको दिन गन्ती सुरु भएको खाँणले दाबी गरेका हुन् ।

‘नेपाली जनताले केपी ओलीको दिन गन्ती सुरु गरिसके, प्रधानमन्त्री र मन्त्रीहरूले अब झिटीगुन्टाको व्यवस्थापन गर्नुस्, ।’ नेता खाँणले सम्बोधनका क्रममा भने ।

प्रधानमन्त्री ओलीले गरेको संसद् विघटन असंवैधानिक र सर्वसत्तावादतर्फको यात्रा भएको भन्दै खाँणले सर्वोच्च अदालतले भने संविधानको रक्षाको पक्षमा फैसला गर्ने विश्वास कायम रहेको बताए । उनले अब प्रधानमन्त्री ओलीलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएकोसमेत बताए  ।

सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा विभिन्न विधेयक ल्याएर जनताको मुख थुन्न खोजिरहेको भन्दै त्यो सरकारका लागि नै घातक हुने खाँणले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ