arrow

अदालतले निर्णय गर्दै गर्छ, निर्वाचन आयोगले तालिका ल्याओस् : देउवा

दुवै नेकपालाई नयाँ चिन्ह दिन सुझाव

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
Sher-bahadur-deuba-1.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनका बारे सर्वोच्च अदालतले निर्णय गर्दै गर्ने तर निर्वाचन आयोगले भने कार्य तालिका ल्याउनु पर्ने बताएका छन् । 

सोमबार संसद् विघटनको विरोधमा रुपन्देहीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनको तयारी गर्न अदालतले गर्ने निर्णयलाई निर्वाचन आयोगले कुर्न नपर्ने बताएका हुन । 

‘अदालतको निर्णय निर्वाचन आयोगले कुरिराख्न पर्दैन, आयोगले आफ्नो काम गर्ने हो, आयोगले निर्वाचनको कार्यक्रम किन ल्याइरहेको छैन ?, अदालतले संसद् पुनर्स्थापना गर्‍यो भने निर्वाचन नगर्न सकिन्छ,’ देउवाले भने । 

देउवाले संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकाले संविधान भन्दा बाहिर आयोग जान नसक्ने बताए । 

देउवाले सत्तारुढ दलको चिन्ह विवादका विषयमासमेत आयोगलाई प्रष्ट हुन आग्रह गरे । देउवाले नेकपाको चिन्ह सूर्य एउटा मात्रै भएकाले कानुन हेरेर कुनै एक समूहलाई दिन मिल्ने भए दिन र दिन नमिल्ने भए दुवैलाई नयाँ चिन्ह दिनसमेत सुझाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ