arrow

झाँक्रीलाई छाडेपछि गृहमन्त्रीले हटाए अपराध महाशाखाका एसएसपी थापालाई

महाशाखा प्रमुखको जिम्मेवारी खापुङलाई

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
deepak-thap-chandrakuber.jpg

काठमाडौँ । गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापालाई हटाएर चन्द्रकुँवेर खापुङलाई पठाएको छ ।

गृह मन्त्रालयले सोमबार थापाको ठाउँमा काज सरुवा गरी खापुङलाई अपराध महाशाखा पठाएको हो । थापा १० महिनाअघि अपराध महाशाखाको नेतृत्वमा पुगेका थिए ।

स्रोतका अनुसार रामकुमारी झाँक्रीलाई छाडेपछि गृह मन्त्री रामबहादुर थापाले एसएसपी थापालाई त्यहाँबाट हटाएका हुन् । थापाको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा गरिएको छ ।

थापाको कार्यकालमा महाशाखाले ठुला आपराधिक घटनाहरूमा सफलता हात पारेको थियो भने पुराना घटनाहरूसमेत सफल रूपमा अनुसन्धान भएको मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ