arrow

नेकपाका दुवै समूह जन विरोधी : शशांक कोइराला

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
Sasanka.jpg

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवादको शिकार संसदलाई बनाएको भन्दै नेकपाका दुवै समूह जनता विरोधी भएको बताएका छन् ।

संसद विघटनका बिरुद्ध सोमबार दाङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले नेकपाका दुवै समूह जन विरोधी भएको बताएका हुन् ।

‘नेकपा पार्टीको आन्तरिक झगडाका कारण संसद विघटन गरियो, पार्टीको झगडाले संसदलाई रिस पोख्न पाइन्छ ?, नेकपाका दुवै समूह जनता विरोधी हुन् भन्ने त्यसले देखाएको छ,’ महामन्त्री कोइरालाले भने ।

उनले संसद विघटन बिरुद्ध कांग्रेस कसैसँग मिलेर आन्दोलन नगर्नेसमेत प्रष्ट पारे । ‘कांग्रेस एक्लैले अहिले आन्दोलन गरिरहेको छ, एक्लै नै गर्छ, कसैसँग मिलेर अहिले अ ान्दोलन हुँदैन ।’ महामन्त्री कोइरालाले सम्बोधनका क्रममा भने ।

महामन्त्री कोइरालाले सर्वोच्च अदालतको फैसलाबाटै संसद पुर्नस्थापना हुनेमा आफू विश्वस्त रहेकोसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ