arrow

नेपाल ट्रष्टसँगको सम्झौता भन्दा दुई गुणा अग्लो १२ तलाको भवन बनाउँदै थामसेर्कु

काम रोक्न लगाउने ट्रष्टका सहसचिव भुषालको सरुवा गराउन थामसेर्कुले गुहार्‍यो वालुवाटार

logo
आकाश शर्मा
प्रकाशित २०७७ फागुन ३ सोमबार
bhishma-bhusal.jpg

काठमाडौं । निजामती क्षेत्रमा हाकिम पक्राउ गर्ने हाकिम भनेर चिनिएका सहसचिव डा.भिष्म भुषाल अहिले प्रधानमन्त्री केपी ओली निकट एक विवादास्पद व्यवसायिक घरानाको कारण पेलाइमा पर्न थालेका छन् । सरकारमा रहेका र उनीहरुको निकटहरुको अवैध कामलाई निसानामा राख्ने गरेवापत सधै पेलाइमा पर्दै आएका भुषाल यो पटक भने विवादास्पद व्यापारिक यती समूहको कारण लखेटाइमा पर्ने भएका हुन् । हाल नेपाल ट्रष्टको कार्यालयमा कार्यरत डा.भिष्म भुषाल थामसेर्कुलाई अवैध रुपमा संरचना बनाउन रोके वापत पेलाइमा पर्न थालेका छन्। 

भुषाल नेपाल ट्रष्टमा आए पछि यती समुहको थामसेर्कु ट्रेकिङले सम्झौता विपरित बनाउने तयारी गरेको संरचनालाई रोक्न खोजेपछि अहिले उनी विरुद्ध थामसेर्कु लागिपरेको छ। ताहाचाल सोल्टी होटल पछि कित्ता नम्वर १८, १९ र २० को जग्गामा सम्झौता विपरित थामसेर्कुले भवन बनाउन लागेको थाहा भए पछि भुषालले महानगरपालिकामार्फत चिठी पठाएका थिए । ४ रोपनी ४ आना ४ दाम ४ पैसा क्षेत्रफल रहेको उक्त जग्गा थामसेर्कुले नेपाल ट्रष्ट्रबाट लिजमा लिएको हो । लिजमा लिइएको जग्गामा सम्झौता विपरित भवन बनाउन लागे पछि भुषालले निर्माणको काम रोक्न प्रक्रिया अघि बढाएका छन् ।

नेपाल ट्रष्ट्रको चिठी आएपछि अहिले उक्त ठाउँमा थामसेुर्कले भवन निर्माणको काम रोकेको छ । काम रोकेर थामसेर्कुका मालिकहरु वालुवाटारतीर धाउन थालेका छन् । नेपाल ट्रष्ट्रले भवन निर्माणकोलागि सम्झौता भए वमोजिम नक्सा तथा डिजाइन पेश गर्न थामसेर्कुलाई निर्देशन दिएको छ । नेपाल ट्रष्ट्रका अनुसार थामसेर्कुले ट्रष्ट्रसँग ६ तला भवन निर्माण गर्न सम्झौता गरेको हो । तर सम्झौता विपरित १२ तलासम्मको भवन निर्माण गर्न प्रक्रिया अघि बढाए पछि नेपाल ट्रष्ट्रले चिठी पठाएको हो । लीज सम्बन्धी कागजात, सम्झौतमा उल्लेख भए बमोजिम वेसमेण्ट, ग्राउण्ड फ्लोर, तथा ६ तलाको विस्तृत इञ्जिनियरिङ पेश गरी पूर्व स्विकृति लिने प्रक्रिया अघि बढाउन नेपाल ट्रष्टले थामसेर्कुलाई चिठीबाट निर्देशन दिएको स्रोतको भनाइ छ ।

ट्रष्टको चिठी पछि थामसेर्कुले केहि अप्ठ्यारो महशुस गरेसँगै चलखेल पनि शुरु गरेको हो। स्रोत भन्छ, अब थामसेर्कुकै दबाबमा भुषाललाई त्यहाँबाट सरुवा गर्ने तयारी भएको छ । भुषाललाई नेपाल ट्रष्टबाट सरुवा गरि सम्झौता विपरित ताहाचलमा १२ तलाको भवन बनाउन थामसेर्कुका मालिकहरुले चलखेल सुरु गरेका छन् । भुषाल नेपाल ट्रष्ट्रमा आएको ३ महिना पनि पूरा भएको छैन । आउनै वित्तिकै उनले थामसेर्कुलाई चिठी थमाएका हुन् । 

भुषाल र सरुवा

नेपाल ट्रष्टमा सरुवा हुनु अघि उनी बुटवलको अख्तियार कर्यालयमा कार्यरत थिए । त्यहाँ उनी ९ महिना मात्र बसे । भुषाल हुँदा बुटवल अख्तियारले रंगेहात घुस पक्राउ घटनामा अहिलेसम्मको रेकर्ड नै राख्यो । उपसचिव सरहका तीन जना कार्यालय प्रमुख नै घुस लिदाँलिदै रंगेहात समातिए । उनको कार्यकायलमा १३ जना जनप्रतिनिधि र प्रहरी अधिकारी समेत घुस लिदा लिदै अख्तियारको फन्दामा परे । तर उनी त्यहाँ धेरै बस्न पाएनन । तुरुन्तै सरुवा गरियो । बुटवलमा उनी हाकिम पक्राउ गर्ने हाकिम भनेर चर्चित भए । भुषाल २०७७ कात्तिकमा बुटवलबाट नेपाल ट्रष्ट्र कार्यालयमा आए ।

अनियमितता र भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुने भुषालले अख्तियारमा जानु पहिले बैदेशिक रोजगार विभागमा पनि काम गरेका थिए । त्यहाँ पनि उनी धेरै टिकेनन् । सहसचिवमा बढुवा भए पछि हालसम्म उनी आधा दर्जनभन्दा बढी कार्यालयमा सरुवा भइसकेका छन् । एक पछि अर्को कार्यालयमा सरुवा हुने क्रम जारी छ । तर सरकार निकट कर्मचारीहरु भने लामोसमयसम्म एउटै कार्यालयमा काम गर्ने गरेका छन् । सरकारमा रहेकाहरु तथा तिनका निकटहरुको स्वार्थ पूरा नगरेको कारण भुषाल सधै सरकारको पेलाइमा पर्ने गरेको उनी निकटहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ