arrow

प्रचण्ड–नेपालको कांग्रेससँग मिलेर अगाडि बढ्ने प्रयास

प्रचण्ड भन्छन्–संयुक्त आन्दोलनबारे देउवासँग छलफल भएको छ

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
prachanda-birodh-aabhas.jpg

चितवन । प्रतिनिधिसभा विघटनविरुद्ध एक्लै सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अब एक्लै नभई संयुक्त आन्दोलनमा जाने बताएका छन् । 

गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपालसहितका दलहरुसँग छलफल भइरहेको बताए । 

भरतपुरमा निर्माणाधीन सिटी हलको निरीक्षण गर्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको बताए । 

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली असंवैधानिक बनेको भन्दै बैशाखमा चुनाव नहुने उनले ठोकुवा गरे । उनले प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले सही निर्णय गर्ने आशा पनि राखेको बताएका छन् । 

कांग्रेसले पनि ओलीको संसद विघटनलाई असंवैधानिक कदम भनेको छ । तर दलहरु छुट्टाछुट्टै विभिन्न चरणमा आन्दोलनमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ