arrow

भगवान रामको जन्म माडी अयोध्यामा भएको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन ४ मंगलबार
prachanda23.jpg

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान रामको जन्म चितवनको माडी अयोध्यामा भएको प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

केहीदिन पहिले चितवनमा भएको आमसभामा प्रधानमन्त्री ओलीले रामको जन्म चितवनको माडीस्थित अयोध्यामा भएको बताउँदा प्रचण्ड किन चुप लागेको भन्दै प्रश्न गरेका थिए । जसको जवाफ दिंदै प्रचण्डले ओलीलाई चुनौति दिएका हुन् ।

प्रचण्ड–नेपाल समूह निकट प्रेस संगठन चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ओलीलाई भने,‘पुरातात्विक र अन्वेषण गर्न, त्यसलाई स्थापित र प्रमाणित गर्न तपाइले के गर्नु भो ? त्यस्तो काममा माखो नमार्ने, सिन्को नभाच्ने, अनि होहल्ला चाहिं बढी गर्ने ? होहल्ला होइन प्रमाणित गर्न लाग्नुस् तपाईलाई सहयोग गर्छु ।’

राम मन्दिरको कुरा उठाएरु ओलीले राजनीति गर्न खोजेको अरोप लगाउँदै प्रचण्डले भने–‘राम मन्दिरको कुरा खाली पोलिटिक्स गर्छु र प्रचण्ड सिध्याउने अभियान चलाउछु भन्ठानु भाछ, त्यसमा सफल हुन सक्नुहुन्न ।’

माडीमा राम जन्मेको प्रमाणि भए सबैभन्दा खुशी आफू हुने बताउँदै प्रचण्डले भने, ‘पुरातत्व अन्वेषणबाट प्रमाणित भयो भने, मेरो निर्वाचन क्षेत्र अयोध्या र राम जन्मेको हो भन्ने पुष्टि भयो भने सबैभन्दा खुशी म नै हुन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ