arrow

वर्ल्डलिंकले विराटनगरमा खोल्यो नयाँ ग्राहकसेवा केन्द्र

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
world-link-biratnagar.jpg

काठमाडौँ। अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नेपालको औद्योगिक नगरी विराटनगरको पुष्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको सुरु गरेको छ।

यस ग्राहकसेवा केन्द्रको मङ्गलवार सुरुवात गर्दै कम्पनीका पुर्वान्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले विराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरूका ग्राहकहरूलाई आफ्नो सेवा तथा ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाउने बताए।

हाल यस कम्पनीले ग्राहकको माग र आवश्यकता अनुसार १० एमबिपीएस देखि १०० एमबिबिएस सम्मको इन्टरनेटका साथमा नेटटिवी लगायतका अतिरिक्त सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

फाइवर टु होम प्रविधि मार्फत प्रदान गरेको उच्च गतिको सेवा लिनका लागि ग्राहकको घरमा राखेको बाइफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, ५ गिगाहर्ट्ज डुअल ब्यान्डको बाइफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा मोबाइल तथा ल्यापटपमा सधैँ इन्टरनेट चलाउन सकिने सो अवसरमा शिवाकोटीले जानकार दिए।

वर्ल्डलिंकको देशभरि झन्डै पाँच लाख ग्राहक रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ