arrow

सपना रोकामगरको निवेदनका आधारमा बस्नेत पक्राउ

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
sapana1.jpg

काठमाडौं। काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले मंगलबार काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको हो । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ