arrow

नेपालगञ्जमा घन्कियो ‘राजा आउ देश बचाउ'को नारा

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
Raprapa.jpg

नेपालगन्ज । ‘राजा आउ देश बचाउ’ भन्दै नेपालगञ्जमा मंगलबार हिन्दुवादीहरुले शक्ति प्रदर्शन गरेका छन् । ‘धर्म साझा, देश साझा, राजा साझा’ भन्ने नाराका साथ हिन्दुवादीहरुले नेपालगञ्जमा मोटरसाइकल र कार र्‍याली निकालेका हुन् ।

राजसंस्था र हिन्दु राज्यको पक्षमा नारा लगाउँदै बागेश्वरी मन्दिरबाट शुरु भएको र्‍याली बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको विकल्प नरहेको जिकिर गरे ।

राणाले राजसंस्था र हिन्दु राज्यका लागि कडा आन्दोलन गर्ने चेतावनी दिँदै तयारीमा बस्न हिन्दुवादीहरुलाई आग्रह गरे । यस्तो प्रदर्शन यसअघि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा सम्पन्न भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ