arrow

नेपालमा भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपालको आपत्ति

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
pradeep-gyawali5.jpg

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालमा पनि भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए ।

उक्त अभिव्यक्तिप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले औपचारिक रुपमा ध्यानाकर्षण गराइसकिएको बताएका छन् । आगामी बिहीबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना रहेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अधिकारीलाई फोन गरेर देवको अभिव्यक्तिका सम्बन्धमा यसअघि नै चासो व्यक्त गरेका थिए । यो अभिव्यक्तिको भारतीय राष्ट्रिय कांग्रेस र त्यहाँका वामपन्थी दलहरुले समेत विरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ