arrow

वामदेव गौतमलाई फेरि केपी ओलीले दिए मन्त्री बन्ने अफर

रोजेको मन्त्रालय लिएर आफ्नो गुटमा आउन आग्रह

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
oli-bamdev.jpg

काठमाडौं । नेकपाभित्र तेस्रो धार रहेको दावी गर्दै आएका वामदेव गौतमले पार्टी एकता अभियान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बार्गेनिङ पावर बढाएका छन् । आइतबार मात्रै ६ सय भन्दा बढी सदस्यसहितको केन्द्रीय समिति बनाएका गौतमले आइतबार नै प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटघाट गरेका थिए । भेटघाटको क्रममा गौतमले चुनाव हुने नहुने अनिश्चय रहेको भन्दै आशंका व्यक्त गरेको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा चुनाव हुने भएकाले आफ्नो समूहमा खुलेर लाग्न आग्रह समेत गरेको स्रोतको दावी छ । 

‘निर्वाचनमा शंका व्यक्त नगर्नुस बरु तपाईसँग भएका कार्यकर्तालाई पनि यतै लिएर आउनुस पार्टीलाई थप मजबुद बनाएर निर्वाचनमा जाऔ’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । तर गौतमले अहिले नै निर्वाचन हुने विषयमा आशंका रहेकाले दुवै पक्ष मिलेर चुनाव जानुपर्ने त्यसका लागि पार्टी एकता अभियान आवश्यक रहेकाले केन्द्रीय समिति बनाएरै अघि बढेको बताएका थिए । ‘तपाई जे सुकै भन्नुस पार्टी एक बनाउनै पर्छ म त्यो अभियानमा लागेको छु’, गौतमले ओलीलाई भनेका थिए । जवाफमा ओलीले निर्वाचन हुने भएकाले सरकारमा बसेर रोजेको मन्त्रालय लिन समेत आग्रह गरेका थिए । ‘आउनुस रोजेको मन्त्रालय लिनुस तपाई नै निर्वाचन गराउन लाग्नुस म तपाईलाई रोज्जा मन्त्रालय दिन्छु’, ओलीले गौतमलाई फकाउदै भनेका थिए । प्रधानमन्त्री ओलीले रक्षा, भौतिक तथा योजना, वा प्रधानमन्त्री कार्यालयको समेत जिम्मेवारी हेर्ने गरी सरकारमा आउन आग्रह गरेको स्रोतको दावी छ । अर्थ र गृहबारे भने ओली मौन बसेका थिए । 

आइतबारको भेटमा ओली र गौतमबीच लामै छलफल भएको वालुवाटार निकट स्रोतले भन्यो । ‘उहाँहरुबीच पार्टी विभाजनपछि यति लामो कुराकानी भएको यो नै पहिलो पटक हो’, वालुवाटार निकट स्रोतले भन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् ।

निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् । 

गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहादुर महर्जन, प्रा.डा. प्रकाशमान श्रेष्ठ, बाबुराम थापा, तुलसी थापा, रमेश महर्जन, भोजराज भट्टराई, डीबी कार्कीलगायत छन् । गौतमको पार्टी एकता अभियानलाई दुवै समूहले खास भाउ भने दिएका छैनन् । यद्यपी उनले आफ्नो वार्गेनिङ क्षमता भने बढाएको दुवै समूहको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ