arrow

रसुवागढी नाका पूर्ण क्षमतामा खुलाउने भन्दा पनि राजदूत यान्छी ढाकछोपमै व्यस्त

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
hu-yanchhi-chinese-ambassdo.jpg

काठमाडौं। लामो समयदेखि चीनको रसुवागढी नाकाहुँदै नेपाल आयात तथा निर्यातमा व्यवधान खडा भइरहे पनि त्यसलाई खुलाउन पहल गर्नुभन्दा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी ढाकछोपमा लागेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन्। 

चीनबाट सामान आयात तथा निर्यात गर्ने व्यावसायीको सामान चीनले लामो समयदेखि रोकेर राख्दै सिमित सामन मात्रै छोड्दै आएको छ । यो प्रक्रिया लकडाउनको बेलादेखि जारी छ । लकडाउनकै बेला केहि समय सीमा नाका बन्द गरिएका कारण आयात निर्यात ठप्प थियो। तर अत्यावश्यक सामग्री ल्याउन सीमा नाका खोलिएपछि नाकामा पनि केहि सहज भएको थियो । तर यो प्रक्रिया लामो समय चल्न पाएन। व्यवसायीहरुले ल्याएका कतिपय चाँडै सड्ने कुहिने सामान बाटैमै पनि कुडिएर फाल्नु परेको थियो। दशैंको बेलामा केहि किलोमिटरको यात्राको लागि कन्टेनरलाई लाखौं रुपैयाँ भाडा समेत लिइएको थियो। यि सबै हुँदा चुपचाप रहेको चीनले हालै आफ्नो धारणा सार्वजनिक गरेको छ। 

चिनियाँ राजदूत होउ यान्छीले नाकावन्दीको शैलीमा केहि सामान मात्र छोडेर अरुलाई रोकिन वाध्य पारेको कुरामा आपत्ती जनाइन्।उनले चीन सरकारले नेपाद आउने सामानमा कुनै अवरोध नगरेको जिकिर गरिन् । उनले नाकाबन्दी शब्दप्रति नै गम्भीर असहमति व्यक्त गर्दै यस्तो प्रचारबाजीमा केही शक्ति लागेको आरोप लगाइन् । 

‘केही शक्तिले समय समयमा तथाकथित चिनियाँ नाकाबन्दीको कुरालाई चर्चामा ल्याउने गरेका छन्,’ एक दैनिक पत्रिकासँगको अन्तरवार्ताका क्रममा उनले भनेकी छन्, ‘मैले यहाँ जोड दिएर भन्न चाहेको कुरा के हो भने चीनले नेपाललाई नाकाबन्दी गर्ने कुरा इतिहासमा कहिल्यै भएको थिएन, अहिले पनि छैन र भविष्यमा पनि हुनेछैन ।’ 

नाकाबन्दी गरेको तथ्य गलत सावित गर्न उनले केही तथ्यांक समेत प्रस्तुत गरेकी छन् । यान्छीका अनुसार, सन् २०२० मा मात्र केरुङ र खासा नाकाबाट चीनले ३६ अर्ब नेपाली रुपैयाँ बराबर निर्यात गरेको छ । राजदूत यान्छीको यो प्रतिक्रिया त्यतिखेर आएको थियो जतिखेर व्यवसायीहरुको कुरामा थप बल पुग्न गरि रसुवाका निवर्तमान सांसद मोहन आचार्यले रसुवागढी नाका पूर्ण क्षमतामा चलाउन माग गरेर विज्ञप्ती निकालेका थिए । 

‘रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा नआउँदा ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेका छन्,’ नेपाली कांग्रेसका नेता एवं रसुवा जिल्लाबाट तत्कालीन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केही दिनअघि सीमा नाकामा अवरोध रहेको बारेमा ध्यानाकर्षण जनाउँदै विज्ञप्ती निकालेका थिए ।

लामो समयदेखि चीनले रसुवागढी नाकामा अवरोध गरेपछि आचार्यजस्तै गुनासो गर्ने व्यापारीको संख्या ठूलै छ । व्यापारीहरू चीनले अघोषित नाकाबन्दी नै लगाएको गुनासो गर्छन् । व्यापारीहरूका अनुसार १ वर्षदेखि नाका पूर्ण सञ्चालनमा नआउँदा चीनतर्फका १ हजार भन्दा बढी कन्टेनरका सामग्री बिग्रने अवस्थामा पुगेका छन् । यसबारे पटक पटक चिनियाँ पक्षलाई अवगत गराए पनि अघोषित नाकाबन्दी यथावत् राखिएको व्यापारीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ