arrow

देशभरका क्याम्पस अगाडि नेविसंघको विरोध प्रदर्शन 

ढुंगाना भन्छन्–ओली समूहका दुई चार थान अरिङ्गालले तर्साएर तर्सिन्नौं, इट्टाको जवाफ राम्रोसँग पत्थरले दिन सक्षम छौं’

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडी घटना र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध बुधबार बिहान देशभर प्रदर्शन गर्दैछ । बिहान ९ बजे देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै ‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको विरोध सभामा नेकपाको ओली समूहद्वारा गरिएको आक्रमणको खवरले हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको’ भन्दै ‘आफ्नो तीन वर्षे शासनकालमा भ्रष्टाचार, कुशासन र निरन्तर जन विरोधी निर्णयका कारण नेपाली जनताबचि अत्यन्तै आलोचित तथा तिरस्कृत ओली सरकार अहिले आएर राज्य सत्ताको आडमा प्रतिपक्षीहरुलाई डर, धम्की र आक्रमण गरी आफ्नो प्रभाव देखाउने कुचेष्टा गरिरहेको छ । हामी यो आक्रमणको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं’ भनेका छन् । 

विज्ञप्तिमा ‘नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौला र नेविसंघ निवर्तमान केन्द्रीय अध्यक्ष नैन सिंह महर लगायतका नेता कार्यकर्ता सम्मिलित उक्त कार्यक्रममाथि भएको ढुङ्गामुढा सहितको आक्रमणको जति निन्दा गरे पनि कम हुन्छ । यस घटनाबाट नेकपाको ओली समूह स्वस्थ्य राजनैतिक प्रतिस्पर्धा गर्ने भन्दा पनि सत्ता र शक्तिको आडमा नेपाली जनताबीच डर र त्रासको वातावरण श्रृजना गरी जनता तर्साएर राजनीति गर्न उद्धत रहेको प्रष्ट हुन्छ । एक्काइसौं शताब्दीका नेपाली जनता ओली समूहका दुई चार थान अरिङ्गालले तर्साएर नतर्सिने र इट्टाको जवाफ राम्रोसँग पत्थरले दिन सक्षम रहेको कुरा चेतावनी दिन चाहन्छु ।’ 

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा ओली समूहका नेता सुरेन्द्र पालको निर्देशनमा मुकेश पाल लगायतको नेतृत्वमा भएको उक्त आक्रमणको घटनामा संलग्न सबैलाई तुरुन्त गृह प्रशासनले पक्राउ गरी हदैसम्मको कार्वाही गरोस् । अन्यथा नेपाल विद्यार्थी संघ स्वयं नै निजहरुलाई कार्वाही गर्न वाध्य हुनेछ । त्यसैगरी समग्र घटनालाई लिएर नेकपा ओली समूहले नेपाली जनता समक्ष क्षमा याचना गरोस् । नभए यसको प्रतिकृया स्वरूप देशका विभिन्न ठाउँमा घट्ने आक्रोशका घटनाहरुको सम्पूर्ण जिम्मेवारी वर्तमान नालायक ओली सरकार हुनेछ ।’

यसैबीच नेविसंघ महामन्त्री बलदेब तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि र बैतडीमा भएको अमानवीय प्रवृत्तिका विरुद्ध बिहान ९ बजे देशभर आ–आफ्नो क्याम्पस अघि विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ