arrow

कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार डा.आचार्यलाई, अन्य सात पत्रकारलाई राष्ट्रिय पुरस्कार

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
dr.suresh_achrya_.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघले वार्षिक रुपमा प्रदान गर्दै आएको पाँच वटा राष्ट्रिय पत्रकारिता पुरस्कार वुधबार एक भब्य समारोहबीच प्रदान गरेको छ ।

'प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार’ नारासहित नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन उद्घाटन समारोहका अवसरमा एक लाख रुपैंयाँ राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डाक्टर सुरेश आचार्यलाई प्रदान गरियो ।

प्रमुख अथिति उपराष्ट्रपति नन्दबहादुर पुन, अथिति संचार मन्त्री पार्वत गुरुङ, पत्रकार महासंघका पूर्वसभापति हरिहर विरहीलगायतले उक्त पुरस्कारहरु प्रदान गरेका हुन् ।

त्यसैगरी ५० हजार राशीको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई र ५० हजार राशीको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरियो ।

त्यस्तै १० हजार राशीको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापा प्रदान गरियो । त्यस्तैगरी १० हजार राशीकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भटन शाह र मुना हमाललाई प्रदान गरियो ।

सोही अवसरमा कोरोना संक्रमणविरुद्ध १० हजार राशीको विपद पत्रकारिता पुरस्कार ३५ जना क्रियाशिल पत्रकारहरुलाई प्रदान गरियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ