arrow

एमिकस क्यूरीका सदस्यको बहस सकिएपछि एक साताभित्र अन्तिम फैसला !

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
supreme.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई आफ्नो राय दिनेक्रम जारी राखेको छ ।

बिहीबार पनि एमिकस क्यूरीका सदस्यहरुले राय दिने कार्यक्रम छ । संसद विघटन गर्नुपर्ने कारण, आधार र संविधानमा भएको व्यवस्थाका बारेमा एमिकस क्यूरीले राय दिइरहेको छ ।

पहिलो दिन बद्रिबहादुर कार्की, दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएका थिए । एमिकस क्यूरीका पाँच जना सदस्यमध्ये तीन जनाको बहस सकिएको छ । विहीबार बाँकी दुई जनाले बहस गर्दैछन् ।

दुई जनाको पनि बहस सकेर सर्वोच्चले आउने साताभित्रमा फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्च प्रशासन स्रोतका अनुसार एक साताभित्र अदालतले फैसला सुनाउने छ । किनकी बैशाखमा दुई चरणका लागि तोकिएको निर्वाचनका लागि वातावरण सहज बनाउन निर्वाचन आयोग र राजनीतिक दलले अदालतको फैसला कुरेर बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ