arrow

‘मानव साङ्लो’ ले घेरिँदै टुँडिखेल

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
prachanda-madhav.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेल घेर्दैछ । संसद विघटनविरुद्ध आन्दोलित प्रचण्ड–नेपाल समूहले चौथो चरणको विरोध कार्यक्रम अन्तर्गत बिहीबार ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्न लागेको हो । 

अपराह्न ४ बजेदेखि एक घण्टासम्म टुँडिखेल घेर्ने कार्यक्रम रहेको उक्त समूहले बताएको छ । घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएकोसमेत बताइएको छ ।

कार्य विभाजन अन्तर्गत मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकाशे पुलसम्म खटाइने छ । उपत्यकाका जिल्ला कमिटीलाई रत्नपार्कको आकाशेपुलदेखि भद्रकालीसम्म खटाइने छ । 

त्यस्तै विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु भद्रकालीदेखि सुन्धारासम्म रहने छन् । 

सहभागीहरुलाई अनिवार्य रुपले ब्यानर, झण्डा, प्लेकार्ड, भेषभूषा, बाजागाजा सहितका उपस्थित हुन भनिएको छ ।

नेकपाका ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह छुट्टिएर ओलीको कदम विरुद्ध आन्दोलन गरिरहेको छ । 

प्रचण्ड–नेपाल समूह संसद पुनस्र्थापनाको पक्षमा रहेको छ भने ओली समूहले चुनाव गर्नका लागि बैशाख १७ र २७ को मिति तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ