arrow

प्रचण्डलाई पूर्वलडाकुले सुरक्षा दिन थालेपछि धनराजको सुझाव: ‘सुरक्षित हुन जनताको मनमा बस्नुपर्छ'

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
dhanraj-gurung.jpg

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ब लडाकुले सुरक्षा दिन थालेको समाचार आएपछि कांग्रेस नेता धनराज गुरुङले कटाक्ष गरेका छन् ।

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ खटिदै आएका नेपाल प्रहरी र सशस्त्रको संख्यामा कटौती गरेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकु खटिन थालेपछि नेता गुरुङले ‘सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ’ भनेका हुन् ।

नेता गुरुङले सामाजिक संजालमा लेखेका छन् –‘क.प्रचण्डलाई पूर्ब लडाकुले सुरक्षा दिने कुरा आएछ। सुरक्षाको घेराभित्र बस्दैमा सुरक्षित भइँदैन है। सुरक्षित हुन त जनताको मनमा बस्न सक्नुपर्छ। यो उपदेश हैन सुझाव हो।’

स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली प्रचण्डको सुरक्षामा खटिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ