arrow

यस्तो छ मौसमको हाल

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
weather-final.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

 दिउँसो  प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार बिहान सबैभन्दा कम जुम्लामा माइनस ३ डिग्री सेल्सियस तापक्रम रह्यो । काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रह्यो । न्यूनतममा सबेभन्दा बढी विराटनगरमा १३.७ डिग्री सेल्सियस तापक्रम रह्यो । 

ताप्लेजुङमा बुधबार राति सबैभन्दा धेरै ४.५ मिलिमिटर वर्षा भएको छ । 



नयाँ