arrow

वारेस अनुमति नदिइएका कारण आफै अदालत पुगे ओली, १५ मिनेटमै फर्किए 

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
kp-oli8.JPG

काठमाडौं । अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतसमक्ष लिखित जवाफ पेस गरेर प्रधानमन्त्री केपी शर्मा फर्किएका छन् ।

लिखित जवाफ दिन पौने १२ बजे अदालत पुगेका ओली १५ मिनेटमा जवाफ बुझाएर फर्किएका हुन् । इजलासले वारेस अनुमति नदिएका कारण ओली आफै उपस्थित हुन परेको हो।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १३ रिटमाथि सुनुवाइ जारी रहेकै बेला इजलासमा हुँदै आएको बहसलाई उनले ‘तमासा’ भनेका थिए ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार ओली लिखित जवाफ लिएर विहीबार अदालतमा हाजिर भएका हुन् । ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।



नयाँ