arrow

निर्वाचनमा नजाने भन्नु प्रतिगमन हो, सूर्य चिन्ह हाम्रै हो: सुवासचन्द्र नेम्वाङ

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
subash_Nembang.jpg

काठमाडौं । पूर्वसभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले तोकेकै मितिमै निर्वाचन हुने र पार्टीको आधिकारिकता आफूहरुले नै पाउने दाबी गरेका छन् ।

बिहीबार गृहजिल्ला इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने भन्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्णयलाई नै सदर गरी सर्वोच्च अदालतको निर्णय आउनेमा विश्वस्त रहेको बताउँदै नेम्बाङले प्रतिनिधिसभा पुनःस्थापित नहुने संकेत गरे ।

निर्वाचनमा नजाने भन्नु प्रतिगमन हो भन्दै नेम्बाङले यो समय जनतामा जानु उपयुक्त रहेको र यतिबेला चुनाव हुँदैन भनेर सत्ता हत्याउन खोज्नु चाहीं प्रतिगमन हुने उल्लेख गरे ।

अहिलेको सरकार काम चलाउन नभएको उनको दाबी थियो । जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेकोसमेत नेम्बाङको आरोप छ  ।

दुई प्रतिनिध सभा निर्वाचन क्षेत्रसहित १० स्थानीय तह रहेको इलाममा लामो समयदेखि निर्बाचन क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नं २ बाट सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिहेका छन् । नेम्बाङ र खनाल नेकपाको बेग्ला बेग्लै पक्षमा उभिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ