arrow

‘मबाट अदालतको अवहेलना भएको भन्ने दाबी अनुचित र खारेजभागी’(लिखित जवाफसहित)

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
kp-butwal1.jpg

काठमाडौं । अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलहरुलाई अपमान नगरेको प्रस्ट पारेका छन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
लिखित जवाफमा ओलीले अदालतप्रति आफ्नो उच्च  सम्मान साथै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा अवरोध नगरेको उल्लेख गरेका छन् ।

लिखित जवाफमा ओलीले भनेका छन्, ‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैंले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिंदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ ।’

ओलीले भनेका छन्, ‘मलाई विपक्षी बनाई दायर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ताले मैले मुद्दा जित्छु, मैंले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ । मुद्दामा बहस गर्ने विद्वान कानून व्यवसायीबाट समेत सोही आत्मविश्वासका साथ बहस हुने हो, त्यसैले कुनै मुद्दाको पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन मिल्दैन ।’

लिखित जवाफ दिन विहीबार पौने १२ बजे अदालत पुगेका ओली १५ मिनेटमा जवाफ बुझाएर फर्किएका थिए । इजलासले वारेस अनुमति नदिएका कारण ओली आफै उपस्थित हुन परेको हो।(लिखित जवाफ स्रोतः पत्रकार जग्गनाथ दुलालको सामाजिक संजाल)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ