arrow

शेरबहादुरलाई रामचन्द्रको प्रश्न- 'नेता भएर जे मन लाग्यो त्यही बोल्ने ?'

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
Ramchandra-Poudel.jpg

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई जे मन लाग्यो त्यही नबोल्न भनेका छन् ।
पोखरामा नेपाल मगर सङ्घको गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई भ्रममा पार्ने गरी जे मन लाग्यो त्यही नबोल्न सभापतिलाई आग्रह गरेका हुन् ।

‘पार्टीले संसद् विघटनलाई असंवैधानिक अलोकतान्त्रिक कदम भनेको छ, नेताहरू जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिँड्ने ?, नेता भएर जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?,’ वरिष्ठ नेता पौडेलले देउवातर्फ लक्षित गर्दै भने ।

उनले तानाशाही तन्त्रको विरोध गर्नु काँग्रेसको कर्तव्य भएको भन्दै प्रधानमन्त्री केपी ओलीले संविधानमाथि हमला गरेकाले अदालतले के गर्ला भनेर हेरेर बस्ने नभई लोकतन्त्रको रक्षाका लागि काँग्रेस अघि बढ्नु पर्ने बताए ।

‘काँग्रेसको इतिहास के हो ?, काँग्रेसको भिजन के हो ? त्यो त प्रस्ट पार्नु पर्छ, संविधान र लोकतन्त्रमाथि हमला हुँदा काँग्रेसले हेरेर बस्ने ?, अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही गर भनेर काँग्रेसले भन्नु पर्छ, चुनाव त हिजो पञ्चायतमा पनि भएको थियो, काँग्रेसले किन चुनाव चुनाव भन्ने ?’ पौडेलले सम्बोधनका क्रममा देउवा प्रति सङ्केत गर्दै भने ।

पौडेलले संविधान र लोकतन्त्र बचेमा मात्र निर्वाचनको अर्थ हुने भन्दै संविधान र लोकतन्त्र नै मासिने खतरा बढ्दै गर्दा हुने  निर्वाचनको कुनै अर्थ नरहनेसमेत प्रस्ट पारे ।

पौडेलले कुनै पनि भ्रममा नपरी पार्टीलाई आन्दोलनमा अगाडी बढाउनु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ