arrow

काठमाडौंमा मेलम्चीको पानी छिट्टै, यस्तो छ तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन ६ बिहिबार
melamchi.jpeg

काठमाडौं । काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी छिटै पाउने भएका छन् ।  बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खानेपानी मन्त्री मणिचन्द्र थापासहित मन्त्रालयका उच्च पदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो कुरा उल्लेख छ ।

सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ । यस कार्यले पूर्णता पाउनासाथ काठमाडौं उपत्यकामा मेलम्ची पानीको प्रारम्भिक वितरण सुरु हुनेछ ।

पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिनेछ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।

मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुनसक्ने चुहावट र कुनै स्थानमा बढी मात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लेतयारी गरिरहेको जानकारी पनि सो प्रस्तुतीकरणमा दिइयो । यसैगरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ