arrow

प्रचण्ड-नेपाल समूहका नेताहरू नागरिकता बोकेर पेरिसडाँडामा

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
ncp-perisdada1.jpg

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा नेताहरू नागरिकता लिएर पुगेका छन् ।

निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड-नेपाल समूहले छलफल गर्न आकस्मिक बैठक बोलाएको थियो । नेकपा नेतृ रामकुमारी झाँक्रीले बैठक सुरु भएको जानकारी दिइन् ।

‘केन्द्रीय सदस्यहरूलाई नागरिकता लिएर आउनु भनेको हो, बैठक सुरु भयो, कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुँदैछ,’ नेतृ झाँक्रीले हाम्रा कुरासँग भनिन् । बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय धमाधम पुग्दै छन् ।

सो समूहले २० माघमा निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग दाबी गर्दै पत्र दर्ता गराएको थियो । तर सो विषयमा आयोगले अहिलेसम्म पनि कुनै निर्णय गर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ