- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको हो ।
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।
तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए।