arrow

नेकपाको दाहाल नेपाल समूहका नेताहरु किन जम्मा गर्दैछन् नागरिकता?

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
nepal-dahal-central-committee.jpg

काठमाडौं । सर्वोच्च अदालतले फागुन १५ गतेभित्र संसद पुनस्थापना सम्बन्धी रिटको आफ्नो फैसला सुनाउने तयारी गरेका बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुलाई शुक्रबार दिउसो नागरिकतासहित पेरिस डाडामा आउन निर्देशन दिइएको छ । विहिबार प्रचण्ड र नेपाल सर्लाही पुगेर आएपछि उनीहरुकै निर्देशनमा केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको हो ।

केन्द्रीय कार्यालयबाट बिहीबार साँझ सबै केन्द्रीय सदस्यहरुलाई एसएमएस सन्देश पठाई शुक्रबार १२ बजेभित्र आफ्नो नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको छ । माघ २८ गते भएको बृहद आमसभामा प्रचण्डले निर्वाचन आयोगको निको चाला नभएको भन्दै निर्वाचन आयोगप्रति सांकेतिक रुपमा अविश्वास गरेपछि विहिबार नागरिकतासहित उपस्थित हुन निर्देशन दिइनुलाई आयोगमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर नागरिकता बुझाउन वा अदालतमा मुद्धा परेमा प्रमाण पेश गर्न प्रयोगका लागि सो निर्देशन दिइएको हुनसक्ने नेकपा स्रोतले जनाएको छ। नेकपाका धेरै केन्द्रीय सदस्यहरु अहिले जिल्लामा रहेका छन् । 

‘ केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,' केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने । एसएमएस गर्नुको कारण र नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुनु भन्नुको कारण भने केही नखुलाईएको उनले बताए । 

‘सक्कल नागिरकतासहित उपस्थित हुनु भन्ने जानकारी आएको छ। विवरण हेर्दा निर्वाचन आयोगको प्रयोजनका लागि बोलाइएको हुनसक्ने देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने । अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि एसएमएस आएको स्वीकार गरे । प्रचण्ड–नेपाल पक्षले माघ २० गते निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको भन्दै नेकपाको नाम, झण्डा र चुनाव चिन्हमा दावी गर्दै निवेदन दिएका थिए । तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन ।

प्रचण्ड माधव नेपाल समूहले आफूसँग तीन सय जना केन्द्रीय सदस्य रहेको दावी गर्दै आएको छ। नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २ सय ७३ जनाको हस्ताक्षरसहित यसअघि आयोगमा बुझाइएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन भएपनि प्रचण्ड माधव समूह संसद पुनस्थापनाको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ । यसक्रममा विहिबार साँझ काठमाडौको टुँडिखेल घेराउ कार्यक्रम सम्पन्न गरेको थियो । टुँडिखेल घेराउ कार्यक्रम सकेर घर पुगेका केन्द्रीय सदस्यहरुले एसएमएसबाट नागरिकतासहित पेरिसडाँडामा आउन भनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ