arrow

अदालतलाई विश्वास गरौँ प्लिज : देउवा

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
deuba-congress1.jpg

नुवाकोट । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेकाले अदालतको निर्णयलाई विश्वास गर्नु पर्ने बताएका छन् ।

शुक्रवार  नुवाकोट सदरमुकाममा पार्टी कार्यालय उद्घाटन गर्न पुगेका देउवाले प्रतिनिधि सभा विघटन कि पुनर्स्थापना भनेर अदालतले नै निर्णय गर्ने बताए ।
‘सर्वोच्चमा प्रतिनिधि सभा विघटनको मुद्दामा बहस भइरहेको छ, कानुनको व्याख्या अदालतले गर्ने हो, अदालतको निर्णय त सुनौँ, अदालतलाई विश्वास त गरौँ प्लिज,’ देउवाले सम्बोधनका क्रममा भने ।

अदालतले संसद् पुनर्स्थापना नगरेमा भने निर्वाचनको तयारीमा लाग्न नभ्याइने भएकाले निर्वाचनको तयारीसमेत गर्दै अघि बढ्नु पर्ने बताए । उनले त्यसका लागि नेता कार्यकर्तालाई लाग्नसमेत निर्देशन दिए । अदालतले संसद् पुनर्स्थापना गरे पनि काँग्रेसले मान्ने देउवाले बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ