arrow

१८ वटा नागरिक संघ संस्थाद्वारा माइतीघरमा प्रदर्शन, सामाजिक न्यायको प्रत्याभूत नभएको गुनासो 

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
Nagarik.jpg

काठमाडौं । अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न १८ वटा नागरिक समाजका  संघसंस्थाहरुले  १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाएका छन्  ।

शनिबार परेको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा बिहान ८ देखि ९ बजेसम्म माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर उनीहरुले दिवस मनाएका हुन ।

संघीयता ,लोकतन्त्र, समानुपातिक ‘समावेशिता, धर्म निरपेक्षतामा हाम्रो प्रतिबद्धता ,आत्मासम्मान, मानव अधिकार र सामाजिक न्याय सुनिश्चितता’भन्ने मुल नाराका साथ मनाइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका लक्षित समुदायको सहभागता रहेको थियोे । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले  नागरिकलाई सामाजिक न्यायको प्रत्याभूत दिलाउन नसकेको गुनासो गरेका थिए ।

माइतीघर मण्डलामा आयोजित कार्यक्रमको सहजिकरण फान नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए । छुवाछूत विरुद्धको बिश्व संजालका अध्यक्ष सिताराम घले , युथ एडभोकेसीका अध्यक्ष नरेन्द्र खतिवडा, महिला अधिकारकर्मी बिजया केसी,सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला तेस्रो लिङ्ग अधिकारकर्मी मनोरञ्जन वैद्य र अपांग  अधिकारकर्मीको तर्फबाट बिनु थापाले सामाजिक न्यायको लागि राज्य गम्भीर बन्नुपर्ने तर्फ सचेत बनाएका थिए ।

१० गते सम्बन्धित विषयमा कार्यपत्र सहित संवाद तथा छलफल र ११ गते उक्त संवाद तथा छलफलको निष्कर्षसहित प्रधानमन्त्री कार्यालय अन्तर्गत सामाजिक विकास शाखा,विषयगत मन्त्रालय,विभिन्न संबैधानिक निकाय तथा अन्य सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

शनिबार शान्तिपूर्ण प्रदर्शन गरेको उक्त टिमले फागुन १० गते सोमबार बिहान ११ बजे देखि दिउँसो साढे १ बजेसम्म नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा अन्तरसंवाद कार्यक्रम गर्दैछ  । कार्यक्रमको कार्यपत्र विश्व भक्त दुलाल (आहुति) ले प्रस्तुत गर्ने छन । प्रस्तुत कार्यपत्रमा छलफल ,संवाद तथा टिप्पणी हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ