arrow

नेम्वाङको भाषणमा अधिकांश समय ओलीको प्रशंसाः ‘मलाई ओलीमाथि साह्रै विश्वास छ’

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
subash_nembang.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले चुनावमा जानु प्रतिगमन नभएको दोहोर्‍याएका छन् ।

परिवर्तनका लागि अब आन्दोलन गर्नुनपर्ने बताउँदै नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास लागेको पनि बताए । 

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त रहेको बताए ।

ओलीले आत्मसम्मान बनाउने काम गरेकाकाले अब कुनैपनि आन्दोलन गर्नुनपर्ने बताए । आफ्नो मन्तब्यको अधिकांश समय ओलीको प्रसंशामा खर्चिएका नेता नेम्वाङले चुनावमार्फत सबै नेताहरु जनताको मनमस्तिस्कमा बस्नुपर्ने धारणा राखे ।

उनले भने,‘अब ब्यक्ति मन पर्दैन् ब्यक्ति फेरौं, पार्टी मनपर्दैन पार्टी फेरौं तर चुनावमार्फत फेरौं ।’ उनले नेकपाको प्रचण्ड-नेपाल समूह पनि देशैभर पुगेर आफ्ना कुरा राखिरहेको बताउँदै उनीहरुले पनि चुनावको तयारी गरिरहेको बताए ।

ओलीकै नेतृत्वमा नयाँ नक्सामा सर्वसहमति भएको भने प्रशंसा गरेका नेम्वाङले राष्ट्र, राष्ट्रियता र स्वाधीनतामा ओली अडिग हुनुहुन्छ भनेर गुनगान गाए । जनतामा जाने ओलीको निर्णयलाई सकरात्मक भनेका नेम्वाङले पटक पटक ओलीप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ