arrow

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने पनि कानुनको पञ्जा नजिक आइसके: गृहमन्त्री 

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
ram_b._.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा पनि छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् ।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादल निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने र कानुनको पञ्जामा पर्ने बताएका हुन् । 

 बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताउँदै उनले अघि भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानुनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानुनी कठघरामा उभ्याउने छौं ।’ उनले कुनै अपराधी र भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याइछाड्ने उदघोष गरे ।

फरक प्रशंगमा गृहमन्त्री थापाले देशमा भएको अस्थिरतालाई चुनावमार्फत स्थिरतामा ल्याइने बताउँदै अवसरवादीहरुले अस्थिरता मच्चाएको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ