arrow

विप्लव समूह सरकारसँग वार्ता गर्न तयार

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
oli-biplab.JPG

काठमाडौं । सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न इच्छुक देखिएको छ ।

महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

सरकारले विप्लव समूहलाई लगाएको प्रतिवन्ध फुकुवा गर्न सकिने बताइरहेका बेला उक्त समूहको विज्ञप्ति आएको हो । केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए । त्यसक्रममा उनी वार्ताको वातावरण बनाउन नभइ अनुगमनमा गएको प्रतिक्रिया दिएका थिए । त्यसक्रममा मन्त्री थापाले सरकार सधैं वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ