बाँकेमा पहिलो भन्दा दोस्रो चरणमा चार प्रतिशत कमले खोप लगाए


प्रकाशित

नेपालगन्ज । बाँकेमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ९५.१६ प्रतिशत हो ।

दोस्रो चरणमा ४ हजार ७ सय ९५ लाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरणमा भने ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । जुन लक्ष्यको ९९.३४ प्रतिशत हो ।

पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरण भन्दा दोस्रो चरणमा ४ प्रतिशत कमले खोप लगाएका छन् । दोस्रो चरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्य भन्दा बढी हो । 

स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी र प्राधिकरण तथा संस्थानका कर्मचारीले लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पत्रकारहरुमा ९० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ९० प्रतिशत हो ।

दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्था लगायतलाई लक्षित गरी खोप अभियान चलाइएको थियो । दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि फागुन ८ गतेसम्म चलेको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, बृद्धाश्रमका हेरालु, कैदीवन्दी तथा सुरक्षाकर्मीलाई खोप दिइएको थियो । माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो


प्रतिक्रिया :

नयाँ