arrow

शिव पौडेलका हत्यारालाई छाडेकोप्रति तरुण दलको आपत्ति

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
Tarun-Dal.jpg

काठमाडौं । नेपाल तरुण दलले तत्कालीन तरुण दलका चितवन अध्यक्ष शिव पौडेलका हत्यारालाई सरकारले छाडेकोप्रति गम्भीर आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै ‘२०६८ साल पुसमा जिल्ला कारागार भरतपुर (चितवन) भित्र पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिईएको प्रति नेपाल तरुण दल केन्द्रिय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ’ भनेका छन् । 

विज्ञप्तिमा लेखिएको छ, ‘जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रतिदिन बढ्दै गइरहेको प्रष्ट भएको छ ।’

तरुण दलले अब यो सरकारविरुद्ध कडा रुपले प्रस्तुत भएर विरोध कार्यक्रम गर्ने पनि जनाएको छ । बस्नेतको विज्ञप्तिमा ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयविरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रीय  समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्तिमार्फत निर्देशन गर्दछ’ भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ