arrow

ओलीको स्वेच्छाचारीप्रति भीम रावलको आपत्ति

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
Bhim-Rawal.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता भीम रावल (पीएचडी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताप्रति गम्भीर आपत्ति जनाएका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत उनले प्रधानमन्त्री पदमा रहेर पदीय गरिमाको समेत ख्याल नगर्ने ओलीको कदमप्रति उनले आपत्ति जनाएका हुन् । 

उनले लेखेका छन्, ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधीकरण गर्नु र आफैं कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं. २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ।’ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ