arrow

परिवारसँग विदा भएर डा.बाबुराम भट्टराई उपचारका लागि दिल्ली उडे

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
baburam4.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारको निम्ति भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् ।

दिल्ली उड्नुअघि उनले फेसबुकमा पारिवारिक तस्विर सार्वजनिक गर्दै लेखेका छन् -‘नाति लगायतसंग विदावारी भएर स्वास्थ्य उपचारकानिम्ति दिल्लीतिर लागियो’ ।

नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहबमोजिम आफू स्वास्थ्य उपचारको लागि दिल्ली जानुपरेको उनले बताएका छन् । दिल्लीस्थित इन्ष्टिच्युट अफ लिभर एण्ड बाइएरी साइन्सेजमा उनले आफ्नो उपचार गर्नेछन् ।

उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे साथमा गएका छन् । दिल्ली उड्नुअघि उनले श्रीमती हिसिला, छोरी मानुषी यमी भट्टराई र नातिका साथमा तस्विर सार्वजनिक गरेका थिए ।

भट्टराईको सचिवालयका अनुसार उनको समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको पेटमा देखिएको समस्याको परीक्षण हुँदै आएको थियो ।

चिकित्सकहरुले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचारका लागि दिल्ली जान सुझाएकाले उपचारका लागि भारत रोजिएको उनको सचिवालयको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ