arrow

नेपालले किनेको १० लाख ‘कोभिशिल्ड’ खोप आइपुग्यो

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
covid-19-ani.jpg

काठमाडौँ । कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइएको छ  ।  स्वस्थ्य मन्त्रालयका अनुसार आइतबार नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप नेपालले किनेर ल्याएको हो । सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार १० लाख डोज आएको हो ।

सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरिसकेको छ ।

सरकारले भारतले अनुदानमा दिएको १० लाख खोप गत माघ १४ गतेदेखि लगाउन सुरु गरिसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोगका कर्मचारी, तेस्रो चरणमा सरकारी कर्मचारी लगायतकाले सोमबारसम्म लगाउँदै छन् ।

अब फागुन २३ गतेदेखि अर्को चरण सञ्चालन हुँदै छ । उक्त चरणमा ५५ वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ