arrow

नयाँ प्रदेश प्रमुखलाई १ सय १ किलोको माला, मुख्यमन्त्री र मन्त्रीहरू पुगेनन् स्वागतमा

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ९ आइतबार
rajesh-jha.jpg

धनुषा ।  प्रदेश नम्बर दुईका प्रमुख राजेश झा (अहिराज)लाई  जनकपुर विमानस्थलमा १ सय १ किलोको माला लिएर स्वागत गरिएको छ । आइतबार ४ बजेर ४५ मिनेटमा जनकपुरधाम पुगेका प्रदेश प्रमुख अहिराजलाई प्रदेश दुई सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहले विमानस्थलमा स्वागत गरेका हुन् ।

अहिराजलाई  स्वागत गर्नका लागि नेकपा ओली समूहका युवाहरू मोटरसाइकल र्‍यालीसहित विमानस्थल पुगेका थिए । विमानस्थलमा समर्थकहरूले प्रदेश प्रमुखलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

 प्रदेश प्रमुखको बर्खास्त र नयाँ नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएका प्रदेश  दुई सरकारका मुख्यमन्त्री र मन्त्रीहरू भने प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न विमानस्थल गएनन्  ।

मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ