arrow

उपचारका लागि भारत जानुपरेकोमा लज्जित र दुःखित छुः डा बाबुराम भट्टराई

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
baburam4.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारका लागि भारत जानुपरेकोमा लज्जित र दु:खित भएको प्रतिक्रिया दिएका छन् ।

नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहबमोजिम आफू स्वास्थ्य उपचारको लागि दिल्ली जानुपरेको बताएका उनले आइतबार दिल्ली पुगेपछि सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिॅदै गर्दा आफू लज्जित र दुःखित भए छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु !’ सामान्य नागरिकको के होला ? उनले ट्वीटरमा लेखेका छन् ।

दिल्ली उड्नुअघि उनले फेसबुकमा पारिवारिक तस्विर सार्वजनिक गर्दै लेखेका थिए-‘नाति लगायतसंग विदावारी भएर स्वास्थ्य उपचारकानिम्ति दिल्लीतिर लागियो’ । दिल्लीस्थित इन्ष्टिच्युट अफ लिभर एण्ड बाइएरी साइन्सेजमा उनले आफ्नो उपचार गर्नेछन् ।

उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे साथमा गएका छन् । भट्टराईको सचिवालयका अनुसार उनको समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको पेटमा देखिएको समस्याको परीक्षण हुँदै आएको थियो ।

चिकित्सकहरुले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचारका लागि दिल्ली जान सुझाएकाले उपचारका लागि भारत रोजिएको उनको सचिवालयको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ