arrow

पत्रकार महासंघको निर्वाचनः ‘प्रेस युनियनले सबैलाई मिलाएर लैजान्छ’

logo
हरि पन्त, 
प्रकाशित २०७७ फागुन १० सोमबार
press-union-pokhara.jpg

पोखरा । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सबै संगठनलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा आयोजित छलफलमा उनले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने स्पष्ट पारे । 

नेकपा निकट पत्रकारका दुई संगठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि उनले युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको हुँदा आगामी परिस्थितिअनुसार निर्णय लिइने बताए ।

प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले संगठनप्रति बफादार क्रियाशील पत्रकारलाई संस्थाले अगाडि बढाउने बताए । उनले विगतका धोकाबाट पनि पाठ सिकेको भन्दै धोकेवाजहरुसंग अब सहकार्य नहुने स्पष्ट पारे ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने बताए । 

उनले भने, ‘सहमतिका नाममा नेतृत्व दिन सकिँदैन । १२ वर्षदेखि गुमेको महासंघको नेतृत्व लिन युनियन एकतामा लाग्नुपर्दछ ।’ 

उनले सहकार्यका लागि सम्झौता गर्ने तर सम्झौताको मसी सुक्न नपाउँदै धोका दिने गरिएकाले अब त्यस्ता सम्झौता कदापि नगरिने स्पष्ट पारे । 
 
युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गरे । 

युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकार महासंघलगायत यससंग आवद्ध संघसंस्थाले व्यवसायिक पत्रकारितालाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने खाँचो औंल्याए । 

पत्रकारिता पेशा व्यवसायिक हुन नसक्दा पत्रकारहरु पलायन हुने क्रम बढेको भन्दै उनले  यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । 

प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बाँस्तोलाले प्रेस युनियन बलियो संगठन भइसकेकाले कसैको साथ दिएर भन्दा पनि आफ्नै संगठन भित्र एकतावद्ध भएर निर्वाचनमा होमिन आवश्यक रहेको स्पष्ट पारे ।

युनियन कास्की अध्यक्ष नवीन सिग्देलले गठबन्धन नाममा संस्थालाई हित हुनुपर्ने बताए । उनले भने विगतको गठबन्धनको मूल्याङ्कन गर्दै अघि बढ्न नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रमा केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, दिलीप पौडेल, दिलीपाश्री अधिकारी, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, नेपाली कांगे्रसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, जिल्ला सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ