arrow

रिहा भएका विप्लव नेता बाँस्तोला सर्वोच्चबाटै पक्राउ

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
supreme-court-news.jpeg

काठमाडौँ ।  सरकारसँग अनौपचारिक रूपमा वार्ता गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुनः पक्राउ परेका छन् ।  सर्वोच्च अदालतको आदेशपछि सोमबार रिहा भएका बाँस्तोलालाई प्रहरीले रिहा भए लगत्तै अदालत परिसरबाटै पक्राउ गरेको हो ।
 
सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले फरक राजनीति विचार राखेका आधारमा पक्राउ गरिएको र थुनामा राखेको भन्दै यस अघिसमेत बन्दी प्रत्यक्षीकरण रिट जारी भएको तथा हालसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

सोमबारको आदेशमा बिना कारण थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद् ऐन, २०७३ को दफा १७ बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ