arrow

दिल्लीमा रहेका डा.बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुने

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
drbaburam.jpg

काठमाडौं । उपचारको शिलशिलामा भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुने भएका छन् ।

डा.भट्टराईको निजी सचिवालयका अनुसार नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उनी भर्ना हुनेछन् ।
सोमबार स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका डा.भट्टराई नेपालमा चिकित्सककै सल्लाह अनुसार ट्युमर सामान्य वा घातक छुट्याउन दिल्ली गएको स्पष्ट पारिसकेका छन् ।

निदान अस्पतालमा परीक्षण गराइरहेका भट्टराईले उपचारका लागि विदेश जानुपरेकामा आफू लज्जित र दुःखित भएको जनाइसकेका छन् ।

सोमबार साँझ डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले सामाजिक संजालमार्फत नयाँदिल्ली जानुपरेकोबारे थप स्पष्ट पार्न खोजेका छन् ।

उनले भट्टराई र चिकित्सकहरुसँगको च्याट कुराकानीलाई सार्वजनिक गर्दै लेखेका छन्–‘चिकित्सककै सुझावमा अहिले दिल्ली आएनुभएको हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ