arrow

नेपालका जस्ता नेताहरु भारत र चीनमा भैदिएको भए के हुन्थ्यो होला –डा. चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपालका जस्ता नेताहरु भारत र चीनमा पनि भैदिएको भए हुन्थ्यो भनी गाम्भीर्यता प्रकट गरेका छन् । उनले नेपाली नेताहरु सबै कुराका विज्ञ भएको भन्दै यस्ता नेताहरु भारत र चीनमा पनि भएको भए के हुन्थ्यो होला पनि प्रश्न गरेका हुन् । 

सामाजिक संजाल फेसबुकमा मंगलबार बिहानै विचार पोष्ट गर्दै डा. भण्डारीले नेताहरुले तीन वटै पालिकामा निर्णय गर्ने हैसियत राख्नेसमेत बताएका छन् । उनले लेखेका छन्, ‘म यस्तो देशको नागरिक हुँ, जुन देशका कार्यपालिका ,व्यवस्थापिका , न्यायपालिकाले गर्ने निणर्य पार्टीका नेताहरुले गर्न  सक्दछन् ।’

भण्डारीले अगाडि लेखेका छन्, ‘त्यतिमात्र होइन भौतिकशास्त्री, डाक्टर, इञ्जिनियर, कर्मचारी, वकिल, समाजशास्त्री, प्राध्यापकको भूमिका पनि यिनैले निभाउँछन् । विज्ञहरु गौण छन् !!! के ज्ञान छैन नेपाली नेतामा ? पाइलटदेखि ड्राइभरसम्म !!! यति धेरै बहुप्रतिभाशाली र सक्षम नेताहरु हुँदा हुँदै नेपालमा राज्यका घेरै निकायहरुको आवश्यकता नै किन ः’

आफू अचम्ममा परेको भाव व्यक्त गर्दै डा. भण्डारीले, ‘मलाई ताज्जुब लाग्दछ सबै क्षेत्रमा सक्षम राजनीतिक नेता हुँदा पनि संविधान निर्माणको समयमा राज्यले नै धान्न नसक्ने निकायहरु बनाएर शक्ति पृथकीकरणको सिद्दान्तलाई किन अँगालेका  होलान् ? तर विडम्वना यति क्षमतावान नेताहरुका लागि नेपाल देश नै सानो भयो । भगवानले ठूलो अन्याय गरेका छन् !!! के हुन्थ्यो होला नेपालमा जस्ता नेताहरु भारत र चीनमा भैदिएको भए ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ