- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारले सघाउ पुर्याउँदै आएको छ । उक्त क्रममा काठमाडौंको श्री धापासी माध्यमिक विद्यालयको पनि भारतले पुनःनिर्माण गरिदिने भएको छ ।
२०७२ सालको गोर्खा भूकम्पपछि भारत सरकारले नेपालका ६४ विद्यालयका भवन पुनःनिर्माण गरिसकेको छ । ६५ औं विद्यालयको रुपमा धापासी माध्यमिक विद्यालय रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतको अनुदानमा बन्न लागेको भवनको शिलान्यास गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा भारतले अहम् भूमिका निर्वाह गर्दै आएको छ ।