arrow

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना, मंगलबार दिनभर स्वास्थ्य परीक्षण गरिने

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
dr.babura_.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना भएका छन् ।

डा.भट्टराईको निजी सचिवालयका अनुसार नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उनी मंगलबार विहान ९ बजे भर्ना भएका हुन् ।

सोमबार स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका डा.भट्टराई नेपालमा चिकित्सककै सल्लाह अनुसार ट्युमर सामान्य वा घातक छुट्याउन दिल्ली गएको बताएका थिए ।

भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले सामाजिक सञ्जालमार्फत ‘मंगलबार दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ,’ भनी जानकारी दिएका छन् ।

निदान अस्पतालमा परीक्षण गराइरहेका भट्टराईले उपचारका लागि विदेश जानुपरेकामा आफू लज्जित र दुःखित भएको जनाइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ