arrow

सर्वोच्चको फैसला स्वागत योग्य : देउवा

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
deuba-congress1.jpg

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले हाम्रा कुरासँगको संवादमा अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गर्ने बताए ।

सर्वोच्च अदालतको फैसला स्वागत योग्य छ, काँग्रेस यो फैसलाको स्वागत गर्छ,’ देउवाले हाम्रा कुरासँग भने । उनले अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको जनाउँदै उनले काँग्रेसले आफ्नो निर्णयमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको  कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको प्रतिक्रिया दिए ।

ओलीले चालेको असंवैधानिक कदमका बारेमा काँग्रेसले वडा स्तरदेखि देशव्यापी विरोधका कार्यक्रम समेत गरेको उनले स्मरण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ