arrow

'सर्वोच्चको फैसला स्वागत योग्य, कार्यकर्तालाई धन्यवाद'

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
surendra-rajj-achryakapilvastu.jpg.jpeg

कपिलवस्तु । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई कपिलवस्तु काँग्रेसले स्वागत गरेको छ । काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायले अदालतको फैसलाको प्रशंसा गर्दै काँग्रेसले निर्णयको स्वागत गरेको बताए ।

प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर देशभर गरिएको आन्दोलनको सम्मान भएको आर्चायले बताए । असंवैधानिक कदम विरुद्ध नेपाली काँग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह तथा वडा तहमा आन्दोलन गरेको थियो ।  आन्दोलमा सहभागी पार्टीका नेता तथा कार्यकर्ता तथा भातृ संस्था तथा लोकतन्त्रवादी संस्थालाई हार्दिक आभार व्यक्त गरेका छन् ।

सभापति आर्चायले लोकतन्त्र र संविधान विरुद्ध काम गर्नेलाई सर्वोच्च अदालतको आदेशले ठेगान लगाइदिएको बताए । साथै उनले आफूहरू सधैँ जनता,लोकतन्त्र र राष्ट्यिताको पक्षमा काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ