arrow

सर्वोच्चको फैसलासँगै प्रचण्ड माधवले खाए लड्डु

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
madhav-prachanda.jpg

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको खुसीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकले अर्कालाई लड्डु खुवाएका छन् ।  बुधवार चितवनमा हुने विरोध सभामा सहभागी हुन भरतपुर पुगेका दुवै जनाले संसद् पुनर्स्थापनाको निर्णयसँगै एकले अर्कालाई लड्डु खुवाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो।

संसद् पुनर्स्थापनाको निर्णय लगत्तै अध्यक्ष द्वयले सबैलाई बधाई दिएका छन् । नेता कार्यकर्तालाई रातो टिका लगाएर प्रचण्ड माधवले खुसीयाली साटेका छन् ।

 सो क्रममा प्रचण्डले अब सहमतिबाटै अघि बढ्ने प्रतिक्रिया दिएका छन् । तर, प्रतिगमनकारीसँग भने तत्काल सहकार्य नहुने उनले प्रस्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ