arrow

सर्वोच्च अदालतको ऐतिहासिक फैसला : माधवकुमार

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
madhav-kumar-nepal-protest-2021.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् ।

उनले भनेका छन् , “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।”

सामाजिक सञ्जाल ट्विटर मा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । उनले सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवादसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ