arrow

जन्मदिनको केक काट्दा काट्दै ओलीलाई राजनीतिक इतिहासकै ठूलो झट्का

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
kp_oli3.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाउनु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु संयोग बन्न पुगेको छ। प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’बालुवाटारमा विमोचन गर्ने साथै जन्मदिनको केक काट्ने समय र प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर मंगलवार साँझकै समयमा भएको हो।

कार्यक्रमस्थलको मञ्चमा रहेका अवस्थामा ओलीको कानमा सर्वोच्चले प्रतिनिधि सभा पुनः स्थापना गर्ने निर्णय गरेको सन्देश पुगेको थियो। बालुवाटारमा जन्मदिन मनाइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाएका थिए।

अदालतको फैसलापछि पहिलो कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन बदर गर्ने फैसलाबारे भने प्रतिक्रिया दिएनन्। आफ्नो बहुप्रतीक्षित मुद्दाको विपक्षमा फैसला आएपछि उनी प्रतिक्रियाविहीन जस्तै भएका थिए।

पत्नी शाक्यको पुस्तक विमोचन तथा जन्मदिनको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पहिल्यै तय भएकाले अदालतको फैसलाका बाबजुद कार्यक्रमलाई निरन्तरता दिइएको थियो।

यद्यपि, अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफू निकटस्थहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ। गत पुस ५ गते ओलीले संसद् विघटन गर्ने निर्णय गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दै ताजा जनादेशमा जाने निर्णय गरेका थिए । उक्त निर्णयको पक्ष र विपक्षमा देशैभर प्रदर्शन भइरहेको थियो। 

फैसलासँगै प्रधानमन्त्री ओलीलाई राजिनामा दिन दवाव बढेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने माग बढेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ